
भुवन भुसाल, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं २ जुभुङमा साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको हुनेभएको छ । जय भैरब युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा प्रथम हुने समुहले ३० हजार पाउने छ भने क्रमश दोश्रो र तेश्रो हुने समुहले २० हजार र १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष नविन सारुले बताउनुभयो ।
खेलमा बिधागत उत्कृष्ट खेलाडिका लागी समेत पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक मन बहादुर आलेले बताउनुभयो । खेल यहिँ २५ गते देखी २९ गते सम्म संचालन हुनेछ । टिम क्याप्टेन बिनोद रास्कोटीका अनुसार क्लबको खेल मैदान गुल्मीदरबार २ जुभुङ हुल्टुङमा खेल संचालन हुनेछ भने समापनको दिन बिशेष सास्कृतिक कार्यक्रम र ७० बर्ष पुगेका ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
चाडपर्वमा समेत सुनसान हुदै गएका गाउँमा पुनः रौनक फर्काउन कार्यक्रमको आयोजना गरिएको र यसले भेटघाट, आत्मियताका साथै खेल प्रवद्र्धनमा समेत सघाउ पुग्ने क्लबले बिस्वास गरिएको अध्यक्ष सारुले बताउनुभयो ।


