गुल्मी रिमुवाको एक गोठमा आगलागी, भएभरका पशुचौपाया मरे

No description available.

भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र ६ रिमुवाको एक गोठमा आगो लाग्दा गोठमा भएका पशुचौपाया जलेर मरेका छन । स्थानिय तुल्सा न्यौपानेको गोठमा आगो लाग्दा गोठमा रहेको एउटा दुहुनो भैसी, ३ वटा बाख्रा र २ वटा कुखुरा जलेर मरेका हुन ।

बुधबार अपराहन्न ४ बजे गोठमा आगलागी भएको र गोठ पुर्ण रुपमा नस्ट भएको छ भने घरको समेत केही भाग जलेको छ । आगो स्थानियको सहयोगमा निभाईएको घटनास्थालमा पुग्नुभएका गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । आर्थिक रुपमा बिपन्न न्यौपानेको गोठमा आगोलाग्दा परिवार बिचल्लीमा परेको छ ।