युवा पुस्ताको प्रतिनिधित्व गर्दै त्रिचन्द्र ज्ञवालीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३५ वर्षमुनिको युवातर्फ महाधिवेशन प्रतिनिधि पदमा त्रिचन्द्र ज्ञवालीले उम्मेदवारी प्रस्तुत गरेका छन्। रुरुक्षेत्र गाउँपालिका–५, बम्घाका ज्ञवालीले लामो समयदेखि पार्टीको संगठन निर्माण, युवा तथा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएको बताउँदै नयाँ पुस्ताको आवाजलाई पार्टीको निर्णय प्रक्रियामा थप प्रभावकारी ढंगले स्थापित गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

२०७२ सालदेखि सक्रिय राजनीतिमा रहेका ज्ञवाली युवा पुस्तामाझ परिचित नामका रूपमा आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै आएका छन्। उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा सक्रिय भूमिका निर्वाह गर्दै विद्यार्थी तथा युवाका मुद्दासँग निरन्तर जोडिँदै आएका छन्।

त्यसैगरी, उनी यूथ कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी–काठमाडौं सम्पर्क समितिसँग आबद्ध रहेर संगठनात्मक गतिविधिमा समेत सक्रिय छन्। जिल्लादेखि काठमाडौंसम्म रहेका गुल्मेली युवा तथा कांग्रेस कार्यकर्ताबीच समन्वय र सम्पर्क विस्तारमा पनि आफ्नो भूमिका रहँदै आएको ज्ञवालीको भनाइ छ।

शिक्षा र युवा नेतृत्व

ज्ञवालीले Master in medical microbiology  तथा BA LLB अध्ययन गरेका छन्। विज्ञान तथा कानून दुवै क्षेत्रमा हासिल गरेको शैक्षिक पृष्ठभूमिलाई सार्वजनिक जीवन र सामाजिक सेवासँग जोड्दै अघि बढ्ने उनको लक्ष्य रहेको छ।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि नयाँ पुस्ताको प्रतिनिधित्व र पुस्तान्तरणको सुरुवातका रूपमा प्रस्तुत गरेका छन्। युवाहरूको सहभागिता केवल कार्यक्रममा सीमित नभई पार्टीको नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व चयनको प्रक्रियामा पनि अर्थपूर्ण हुनुपर्ने उनको धारणा छ।

 “युवाको आवाजलाई निर्णय प्रक्रियामा पुर्‍याउने प्रयास”

ज्ञवालीका अनुसार पछिल्लो पुस्ताका युवामा राजनीतिप्रति चासो र अपेक्षा दुवै बढिरहेको अवस्थामा पार्टीभित्र युवाको सक्रिय सहभागिता अझ विस्तार गर्न आवश्यक छ। ८युवाको ऊर्जा, नयाँ सोच, प्रविधिको प्रयोग र समसामयिक विषयप्रतिको बुझाइलाई संगठनको मूलधारमा जोड्न आफूले भूमिका निर्वाह गर्न चाहेको८ उनले बताएका छन्।

उनले आफ्नो उम्मेदवारीमार्फत युवा नेतृत्व, पुस्तान्तरण, संगठन सुदृढीकरण, विचारमा नवीनता र कार्यकर्तामुखी राजनीतिक संस्कारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्षेत्र नं. १ गुल्मीका महाधिवेशन प्रतिनिधिहरूसँग ज्ञवालीले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गरी विजयी गराउन हार्दिक अपिल८ गरेका छन्।

“मात्र उम्मेदवारका रूपमा होइन, नयाँ पुस्ताको आवाजको प्रतिनिधिका रूपमा तपाईंहरूसामु आएको छु। तपाईंहरूको विश्वास, सुझाव र मतले युवाको प्रतिनिधित्वलाई अझ बलियो बनाउनेछ,”८ ज्ञवालीले भने।