
भुवन भुसाल, गुल्मी । नेपाली कांग्रेसको १५ औं महाधिवेशनले गाउँ सहर तातेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भईसकेपछी अब क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रिय महाधिवेशनको मिति नजिकिदै गर्दा प्रदेश प्रतिनिधी र महाधिवेशन प्रतिनिधीका उमेदवारहरुले प्रचारप्रसार तिब्र पारेका छन् । गुल्मी निर्वाचन क्षेत्र नं १ बाट होटल व्यवसायी समेत रहनुभएका लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधीमा उमेदवारी दिने बताउनुभएको छ ।
२०४८ साल देखी नेपाली कांग्रेसमा कृयाशिल रहनुभएका उहाँले सारदा माध्यमिक बिद्यालयको नेपाल बिध्यार्थी संघको सभापति हुँदै, चन्द्रकोट काठमाण्डौ सम्पर्क समाजको सभापति, गूल्मी काठमाण्डौ सम्पर्क समाजको उपाध्यक्ष, लोकतान्त्रिक व्यवसायी महासंघको केन्द्रिय सदस्य, होटल व्यवसायी महासंघ नेपालको सहकोषाध्यक्ष हुँदै नागरिक समाज काठमाण्डौको सल्लाहाकार रहनुभएका भण्डारी सामाजिक तथा राजनितीक कृयाकलापका क्षेत्रबाट समाजसेवामा कृपयाशिल हुनुहुन्छ ।
यहिँ असोज १२ गते गुल्मीको रिडीमा हुने महाधिवेशन प्रतिनिधी छनोट कार्यक्रमबाट आफु आफ्नो सामाजिक कार्यकै आधारमा निर्वाचित हुने बताउनुहुन्छ । “हालसम्म समाज र पार्टीका निम्ति सक्दो योगदान गरेको छु पार्टी र आम कार्यकर्ताले मुल्याँकन गर्नुभएको छ नजित्ने कुरा नै भएन नि” भण्डारीले भन्नुभयो । पार्टि भित्रको आन्तरिक प्रतिष्पर्धा भएकाले यो अभियानमा कसैको कसैसंग मनमुटाव नभई पार्टि थप बलियो बनाउने गरी महाधिवेशन सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो ।

