
नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा युवाहरुको आर्कषण बढ्दो छ । बिशेषगरी प्रदेश प्रतिनिधी र महाधिवेशन प्रतिनिधीमा युवाहरुले जोडदार दाबेदारी प्रस्तुत गरिरहेका छन् । गुल्मी जिल्लामा पनी युवाहरुका् उम्मेद्वारी र त्यसको प्रचारप्रसारलाई तिब्र बनाएको देख्न सकिन्छ । युवाहरु राजनितीमा आउनु राम्रो हो, यसले केवल दलको मात्र हैन देशको मायाँ पनी बढाउछ गुल्मी निर्वाचन क्षेत्र नं १ बाट यवा तर्फबाट महाधिवेशन प्रतिनिधी पदका उम्मेदवार सागर पौडेलले भन्नुभयो ।
“केहि समय अगाडी सम्म राजनिती केवल झोला भिरेर राजनिती गर्नेहरुको मात्र हो भन्ने भास्य थियो अव अवस्था फेरिएको छ, हामी जस्ता व्यवसाय संचालन गरेका युवाले राजनितीलाई पेसा हैन पेशा संगै राजनिती भन्ने भास्य स्थापना गर्न खोजेका छौं” छत्रकोट १ हुँगाका पौडेलले भन्नुभयो । उहाँले आफु हातमुख जोर्न राजनितीमा नआएको बताउँदै अर्थोपार्जनका लागी व्यवसाय सामाजिक कर्मका लागी राजनिती आफ्नो धर्म रहेको बताउनुभयो ।
सागर युवा अवस्था देखी नै बुटवल र गुल्मीलाई केन्द्र बनाएर व्यवसायमा केन्द्रित हुनुहुन्छ । उहाँको बुटवलको कालिकानगरमा भन्ज्याङ चौतारी रेष्टुरेन्ट, सैनामैनामा बाँबरी पार्टि प्यालेस संचालनमा छन् भने नेपाल लाईफ ईन्सुरेन्सका सिनियर एजेन्सि म्यानेजर समेत हुनुहुन्छ ।

