
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । सामाजिक अभियन्ता बताउने दुर्गा प्रसाई हिन्दु राज्य र राजाबादी अभियानमा सक्रिय छन् । पत्रकार सम्मेलन र अन्र्तवार्तामा खरो बोल्ने प्रसाईलाई साईबर व्युरोको टोलीले पक्राउ गरेको हो । उनलाई भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरिएको छ । किन र के कारण पक्राउ गरिएको हो खुलेको छैन ।

