चन्द्रकोट २ मा प्रथम वडा अध्यक्ष कपको तयारी तिब्र, २५ गते देखी २८ सम्म खेल र संस्कृतिको रौनक हुने

भुवन भुसाल गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं २ बिशूखर्कमा प्रथम वडा अध्यक्ष कपको रौनक सुरु भएको छ । यहिँ २५ गते देखी हुने प्रतियोगिताको तयारी तिब्र पारिएको वडा अध्यक्ष कमल केशीले जानकारी दिनुभयो ।

हिन्दु नेपालीहरुको महान पर्वहरुलाई थप उल्लासमय बनाउँदै खेलकौशल र सस्कृतिको जगेर्ना गर्ने उद्धेस्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष केशीले बताउनुभयो । कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, उत्कृष्ट जिपिए ल्याउने बिध्यार्थी सम्मान, उत्कृष्ट किसान सम्मान लगायतका कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम असोज २८ गते सम्म चल्नेछ । कार्यक्रमको क्रममा स्थानिय बिभिन्न जातजातिका संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिनेछ ।